Sunday 6 December 2015

जनावरलाई नै दुध चुसाउने अनौठो आदिवासी समुदाय पुरा हेर्नुस पद्नुहोस


Sponsors Ads

पूर्वी ब्राजिलस्थित अमेजन नदी किनाराको घना जंगलको निकै भित्र दुनियाको सबैभन्दा संकटापन्न आदिवासी समुदाय बस्दछ । इतिहासमा युरोपेली उपनिवेशवादीहरु तथा तस्करहरुको चपेटामा परेको यो आवा आदिवासी समुदाय लोप हुने संघारमा पुगेको छ । पाँच सय वर्षअघिसम्म हजारौँको संख्यामा रहेको यो आदिवासीको जनसंख्या अहिले जम्मा तीन सय मात्र छ । अस्तित्व मेटिने चरणमा पुगिसकेको भएपनि अझैपनि यो आदिवासी समुदाय आफ्नो प्यारो जंगल घरसँग पूरै मिलापमा बाँचिरहेको छ । आवा आदिवासीहरु वन तथा वन्यजन्तुलाई निकै प्रेम गर्छन् । उनीहरुले घरमा धेरै किसिमका जंगली जनावरहरु पालेका हुन्छन् । अझ अनौठो त के भने जंगलबाट पाल्नका लागि ल्याएका त्यस्ता जंगली जनावरहरुलाई हुर्काउनका लागि महिलाहरुले आफ्नो दुध चुसाउँछन् । लोप हुने संघारमा पुगेको यो समुदायको संरक्षणका लागि ब्राजिलले ठूलो प्रयत्न गरेको छ । उनीहरुलाई सुरक्षित राखिएको छ र बाहिरी आधुनिक संसारबाट टाढै राखिएको छ । मानिसहरुलाई अवा आदिवासी बस्ने भित्री जंगलमा जान पनि कडाइ गरिएको छ । फोटोग्राफर डोमिनिको पग्लिसले भने उक्त आदिवासी समुदायसम्म पुगेर उनीहरुसँग पर्याप्त समय बिताउने मौका पाएका छन् । अनि उक्त आदिवासी समुदायका अनौठा जिवनशैलीलाई क्यामरामा कैद गरेका छन् । स्रोत अनलाइन खबर .कम